प्रदेश अस्पताल सुर्खेतले मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको छ।अस्पतालले आज पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण सेवा यही शनिबारदेखि सुरु गर्ने जानकारी गराएको हो।
अस्पतालले कर्णालीका नागरिकलाई प्रदेशमै मिर्गौला प्रत्यारोपण सेवा दिन अस्पतालले आवश्यक तयारी पूरा गरेको जनाएको छ।काठमान्डौ र पोखरा पछि पश्चिम नेपालम मै पहिलो प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण गर्न लागिएको अस्पताल प्रशासनले जनाएको छ।
सुर्खेतका निर्देशक डा. डम्बर खड्काले मिर्गौला प्रत्यारोपण सेवा, क्याथ ल्याब स्थापनाका साथै एमआरआई मेसिन जडान गर्ने कार्य सम्पन्न भइसकेको बताउनुभयो। बार्इट १ प्रदेश अस्पताल सुर्खेतमा आगामी शनिवार दुइ जनाको मिर्गौला प्रत्यारोपण पहिलो पटक गरिने भएको छ।
उहाँले अहिले पहिलो चरणमा काठमान्डौबाट विज्ञ सहितको टोली आएर प्रत्यारोपण गरिने भन्दै आगामी दिनमा यहीका चिकित्सकबाट सेवा प्रदान गरिने बताउनुभयो। बार्इट २यस्तै अस्पतालले पछिल्लो समयमा अस्पताल प्रतिको विश्वास कै कारण विरामीको संख्यामा वृद्धि भएको जनाएको छ।
अहिले कर्णालीका विभिन्न ग्रामिण जिल्लाहरुबाट उपचारको लागी अस्पतालमा आउने गरेको जनार्इएको छ।अस्पतालका निर्देशक डा खड्काले अहिले प्रदेश अस्पतालबाट बाहिर जिल्ला रिफर गर्नुपर्ने २ प्रतिशत अवस्था मात्रै रहेको दावी गर्नुभयो।
हाल दुई सय ९७ शय्याको अस्पतालबाट पछिल्लो ६ महिनामा एक लाख ६० हजार बिरामीले सेवा लिएका छन।अघिल्लो आर्थिक बर्षको तुलनामा पछिल्लो ६ महिनामा दोब्बर विरामीले सेवा लिएका छन।
आर्थिक बर्ष २०७८/७९ मा एक लाख ४ हजार जनाले सेवा लिएका छन।यस्तै अस्पताल विकास समितिका अध्यक्ष लालबहादुर घलेले कर्णालीमै मिर्गौला प्रत्यारोपण हुनु आम नागरिकका लागि खुसीको कुरा भएको बताउनुभयो।
उहाँले देशका सीमित अस्पतालमा रहेको सेवा अब कर्णालीमै सुरु गरी कर्णालीका नागरिकलाई सहज सेवा दिन अस्पताल सफल हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
प्रकाशित मिति: ९ माघ २०७९, सोमबार १७:१७