सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गरेको वर्ष मै पर्यटक कम भित्रिएका छन् । कर्णाली प्रदेशका चर्चित रारा ताल लगायतका पर्यटकीय गन्तव्यमा कम पर्यटक भित्रिएका हुन् ।
एक वर्षको अवधिमा रारा तालमा पा“च हजार मात्रै पर्यटक भित्रिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले जानकारी दिए । सरकारले गत वैशाखमा कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन गरेदेखि चैत १५ गतेसम्म रारामा ५ हजार ५ सय ३० जना मात्रै पर्यटक भित्रिएको तथ्यांकमा उल्लेख छ । जसमध्ये पा“च हजार ३ सय १४ जना आन्तरिक पर्यटक छन् भने २ सय १६ जना मात्रै वाह्य पर्यटकले रारा भ्रमण गरेका छन् ।
कर्णालीका मुख्य पर्यटकीय क्षेत्र मानिएका रारा ताल, शे–फोक्सुण्डो, सुर्खेतको बुलबुले ताल र कांक्रेविहारमध्ये सबैभन्दा कम पर्यटक गहिरो तालका रुपमा परिचित डोल्पाको शे–फोक्सुण्डो तालमा भित्रिएका छन् । शे–फोक्सुण्डोमा एक वर्षको अवधिभित्र ८ सय ७२ जना पर्यटक मात्रै भित्रिएका सूचना अधिकारी रोकायाले बताए । जसमा ४ सय ८९ जना आन्तरिक पर्यटक भित्रिए भने ३ सय ८३ वाह्य पर्यटकले शे–फोक्सुण्डो प्रवेश गरेका छन् ।
मुख्य चार मध्ये सबैभन्दा बढी पर्यटक सुर्खेतको बुलबुले तालमा भित्रिएको उनले जनाए । उनका अनुसार एक वर्षको अवधिमा १ लाख ६० हजार पर्यटक बुलबुले भित्रिएका छन् । बुलबुलेमा ८९ हजार ५ सय आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । रोकायले ७० हजार ५ सय वाह्य पर्यटक भित्रिएको जनाए । ‘कर्णालीका अन्य पर्यटकीय स्थल अवलोकनका क्रममा जाने पर्यटक पनि बुलबुले प्रवेश गरेर जान्छन्,’ उनले भने ।
दोस्रो लुम्बिनीका रुपमा रहेको कांक्रेविहारमा ३६ हजार ९ सय १९ पर्यटक प्रवेश गरेका मन्त्रालयस“ग तथ्यांक छ । कांक्रेविहारमा ३४ जना मात्रै वाह्य पर्यटकले भ्रमण गरेका छन् । यस क्षेत्रमा ३६ हजार ८ सय ८५जना आन्तरिक पर्यटक भित्रिएको उनको भनाइ छ । मन्त्रालयस“ग कर्णाली प्रदेश भरी नै कति पर्यटक भित्रिए भन्ने एकिन तथ्यांक भने छ्रैन । सूचना अधिकारी रोकायाले चैत मसान्तसम्म सबै पर्यटकीय क्षेत्रमा भित्रिएका पर्यटकको तथ्यांक सार्वजनिक गरिने बताए ।
पर्यटन मन्त्रालयले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत पर्यटन पदमार्ग निर्माण गर्नेदेखि साईकल परिक्रमा मार्ग निर्माण गर्दैछ । सूचना अधिकारी रोकायाले डोल्पामा पर्यटन पदमार्ग निर्माणको काम सुरु भएको जनाए । ‘विस्तारै अन्य जिल्लाहरुमा पनि पदमार्ग बनाउने काम सुरु हुन्छ,’ उनले भने, ‘रारा र शे–फोक्सुण्डो ताल वरिपरि साईकल परिक्रमा मार्ग निर्माण गर्दैछौ“’ । उनका अनुसार एशियाकै अग्लो झरना कालिकोटको प“चाल झरना परिसरमा पर्यटन सडक, होमस्टे र प्रतिक्षालय निर्माण गरिनेछ ।
भौतिक पूर्वाधार तर्फ नै वीरेन्द्रनगर ४ मा प्रादेशिक शहिद स्मृति पार्क निर्माणका लागि टेण्डर प्रक्रिया सुरु भएको उनले बताए । मन्दिर, गुफा निर्माणअन्तर्गत सुर्खेतको रातानाङ्गलामा गुम्बा निर्माण भईरहेको सूचना अधिकारी रोकायाको भनाइ छ ।
बुलबुले पार्कको स्तरोन्नतिका लागि ५ करोडको टेण्डर स्वीकृत भईसकेको उनले जानकारी दिए । ‘पहिलो चरणमा तालको विस्तार गरिनेछ,’ उनले भने, ‘पार्क र धाराहरुको पनि व्यवस्थापन गरिनेछ ।’ उनले छिट्टै नै प्रदेश पर्यटन बोर्ड स्थापनाको तयारी थालिएको पनि बताए ।
प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलवार १२:२८