बुधबार, साउन २०, २०७८

कोरोना भाइरसका ७४३ सङ्क्रमित थपिए

८ पुष २०७७, बुधबार १९:००
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका ७४३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै सङ्क्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच हजार ५५९ आरटी पीसीआर परीक्षण गर्दा ७४३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हाे । हाल सात हजार ५१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ९५२ जना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ४६ हजार ६६१ जना निको भइसकेका छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट एक हजार ८०३ जनाको मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share