कोरोना भाइरसका ७३६ सङ्क्रमित थपिए
१ पुष २०७७, बुधबार १८:१२काठमाडौं । नेपालमा कोरोना भाइरसका ७३६ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८४७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ५० हजार ९१६ पुगेको जनाएकाे छ । हालसम्म दुई लाख ३८ हजार ५६९ जना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल नौ हजार ७५७ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा १३ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७४३ पुगेको छ ।