काेराेना भाइरसका एक हजार २१७ सङ्क्रमित थपिए
२५ मंसिर २०७७, बिहीबार १९:५७काठमाडौं । नेपालमा काेराेना भाइरसका एक हजार २१७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा साे संख्यामा सङ्क्रमित भएकाे जनाएकाे हाे । पछिल्लाे २४ घण्टामा एक हजार ६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ३१ हजार ६०१ जना सङ्क्रमित निको भइसकेका छन् । हाल १२ हजार ३८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।