मङ्लबार, माघ १३, २०७७

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी हिरासतमा

१७ मंसिर २०७७, बुधबार १६:०७
खबरइरा संवाददाता

काठमाडाैं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँकाे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन स्थलबाट प्रहरीले पक्राउ गरेको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल सामाजिक सञ्जाल ट्वीटर मार्फत आफुलाई प्रहरीले हिरासतमा लिएकाे जानकारी गराउनु भएकाे छ । उहाँले भन्नु भएकाे छ, भर्खर प्रहरी परिचालन गरि मलाई समेत हिरासतमा लिएको जानकारी दिन्छु । साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्ता माथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस !

व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पूलको उद्घाटन गर्न पुग्नु भएका कांग्रेस वरिष्ठ नेता पौडेललाई दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्धाटन स्थलबाट प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ नेता पौडेलसंगै तनहुँ कांग्रेसका कार्यबहाक सभापति जीतप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको आदेशमा वरिष्ठ नेता पौडेल तथा कार्यबहाक सभपाति आलेलाई नियन्त्रणमा लिएको र कांग्रेस कार्यकर्तामाथि अन्दाधुन्द लाठी प्रहार गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share