बिहिबार, माघ ८, २०७७

कोरोना भाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिए

१२ मंसिर २०७७, शुक्रबार २१:१२

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ७०३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २९ हजार ३४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दश हजार ४६० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार ७०३ जनामा सङ्क्रमण पुष्टि भएको जनाएकाे छ । हाल १७ हजार २३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २३६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख नौ हजार ४३५ जना सङ्क्रमित निको भइसकेका छन् । मन्त्रालयले पछिल्लो २४ घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ४३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share