सोमवार, चैत्र ३०, २०७७

कोरोना भाइरसका एक हजार ७९० सङ्क्रमित थपिए

९ मंसिर २०७७, मंगलवार १८:५५
खबरइरा संवाददाता

काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ७९० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार ७९१ निको भएकाे जनाएकाे छ । निको हुनेको संख्या दुई लाख चार हजार ८५९ छ । भने सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share