भाइरसका एक हजार ६६९ सङ्क्रमित थपिए
७ मंसिर २०७७, आईतवार २०:५४काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ६६९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १९ हजार ९६३ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लाे २४ घण्टामा ५ हजार ६९९ जना निको भएकाे जनाएकाे छ । मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहेको छ । पछिल्लाे २४ घण्टामा काेराेना भाइरसबाट थप १६ जनाको मृत्यु भएको छ । याेसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।