कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिए
४ मंसिर २०७७, बिहीबार १९:४७काठमाडौं । नेपालमा कोरोना भाइरसका दुई हजार १०३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार १०३ जना सङ्क्रमित थपिएको र दुई हजार ८५८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको जनाएको छ । हालसम्म एक लाख ८५ हजार ६३८ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल २८ हजार १०६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
पछिल्लो २४ घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २७६ पुगेको छ ।