कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिए
२ मंसिर २०७७, मंगलवार २०:०३काठमाडौं । नेपालमा कोरोना भाइरसका ५०२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ५०२ जना सङ्क्रमित थपिएको र दुई हजार ८७८ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ११ हजार ९७३ पुगेको जनाएको छ । हाल ३० हजार ९८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ७९ हजार २४२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार २४७ पुगेको छ ।