कोरोना भाइरसका एक हजार ९१३ सङ्क्रमित थपिए
२७ कार्तिक २०७७, बिहीबार १८:३०काठमाडौं । नेपालमा कोरोना भाइरसका एक हजार ९१३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३४९ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ९१३ जना सङ्क्रमित थपिएकोमा दुई हजार ३४९ जना निको भएको जनाएको छ । हाल ३८ हजार ४६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हालसम्म एक लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।