कोरोना भाइरसका तीन हजार ५१ सङ्क्रमित थपिए
२० कार्तिक २०७७, बिहीबार १६:४२काठमाडौं । नेपालमा कोरोना भाइरसका तीन हजार ५१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जनामा सङ्क्रमण तीन हजार ५१ जना जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमित एक लाख ८५ हजार ९७४ पुगेको छ । हाल ३६ हजार ५१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार ४३० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४८ हजार ४०८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ५२ पुगेको छ ।