बिहिबार, मंसिर ११, २०७७

नेकपा केन्द्रीय कमिटी बैठक स्थगित

१२ कार्तिक २०७७, बुधबार १६:३९
खबरइरा संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आसन्न केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक एक महिनापछि आगामी मङ्सिर १५ देखि १७ गतेसम्म काठमाडौंमा बस्ने नेकपाले जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड १९ प्रकोपका कारण हाललाई बैठक स्थगित गरिएको जानकारी दिनुभयो । कात्तिक १५ देखि १७ गतेसम्म तय भएको केन्द्रीय कमिटी बैठक मङ्सिरमा सारिएको हो ।

“नेपाल कम्युनिष्ट पार्टी (नेकपा( को २०७७ कार्तिक १५ देखि १७ गते आयोजना गरिएको केन्द्रीय कमिटीको तेस्रो बैठक कोभिड–१९ महामारीको बढ्दो प्रकोपका कारण हाललाई स्थगित गरिएको छ, स्थगित बैठक यही २०७७ मङ्सिर १५ देखि १७ गते आयोजना गरिनेछ ।“ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
0 Shares
Tweet
Pin
Share