कोरोना भाइरसका पाँच हजार ७४३ सङ्क्रमित थपिए
५ कार्तिक २०७७, बुधबार १९:१५काठमाडौं । नेपालमा कोरोना भाइरसका पाँच हजार ७४३ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा सङ्क्रमित एक लाख ४४ हजार ८७२ पुगेकाे छ । हाल ४४ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ९९६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९९ हजार ६०५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
पछिल्लो २४ घण्टामा २६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।