शनिबार, साउन ३१, २०७७

उपनिर्वाचनको समीक्षा गर्दै नेकपा

२३ मंसिर २०७६, सोमबार १५:३५

काठमाडौँ । उपनिर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अहिले सो पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसिरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा जारी बैठकमा यही मङ्सिर १४ गते सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीले विगतमा जितेका कतिपय स्थान गुमाएपछि संस्थागतरुपमा समीक्षाका लागि नेकपा जुटेको हो ।

यसअघि यही मङ्सिर १८ गतेको सचिवालय बैठकले सम्बन्धित जिल्ला र वडा कमिटीलाई समीक्षा प्रतिवेदन दिन निर्देशन दिएकामा सो प्रतिवेदन प्राप्त भएको नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
2 Shares
Tweet
Pin
Share