सोमवार, अशोज ५, २०७७

गाडी दुर्घटना हुँदा दैलेखमा तीनको मृत्यु

१३ मंसिर २०७६, शुक्रबार १२:४३
13 Shares

सुर्खेत ।  दैलेखमा गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेख प्रहरीका अनुसार सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे१ज १०२९ नम्बरको फोर्स (हाइस) गाडी बिहान ११ बजे गुराँस गाउँपालिका–४ मुग्रामा दुर्घटना भएको हो ।

दुर्घटनामा सात जना घाइते भएका छन् । दैलेखका डिएसपी हरिबहादुर ओलीका अनुसार घाइतेको उद्धारका लागि प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्य नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया लेख्नुहोस्:

सूचना विभाग दर्ता न: २२०/०७३-७४
सम्पादक तथा सञ्चालक :
मोतीलाल पौडेल
मोबाइल : ९८५८०५००१०/९८५१२६००१०

YouTube Videos from Kahbarera HD

Subscribe
13 Shares
Tweet
Pin
Share