कञ्चन्पुर, साउन ६ । पुनर्बास स्थित नेपाल भारत सिमा क्षेत्रमा सरकारी संयन्त्रको प्रभावकारी उपस्थिति नहुँदा प्रतिबन्धित ब्रोइलर कुखुराको अबैध आयात निर्वाध भैरहेको छ ।
पुनर्बास स्थित नेपाल भारत सीमा क्षेत्रको बसही नाकाबाट बिना चेक जाँच कुखुराको आयात बढेपछि यहाँका सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको छ । खुल्ला सिमाना रहेको पुनर्बासको बिचफाँटा, कंकर, रानिनगर र आनन्दबजारको नाका हुँदै निर्बाध अबैध आयात बढी रहेको छ ।
पुनर्वासमा अस्वस्थ मासु र मासुजन्य पदार्थको अबैध कारोबार बढेपछि स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् । सिमापारीका पोल्ट्री फर्महरु उत्पादित गुणस्तर चेकजा पुनर्बास स्थित नेपाल भारत सिमा क्षेत्रमा सरकारी संयन्त्रको प्रभावकारी उपस्थिति नहुँदा प्रतिबन्धित ब्रोइलर कुखुराको अबैध आयात निर्वाध भैरहेको छ ।
सिमापारीका पोल्ट्री फर्महरु उत्पादित गुणस्तर चेकजाँच बिनाका मासुजन्य पदार्थको सेवनले वर्डफ्लू लगायतका रोगहरुको जोखिम बढिरहदा समेत सम्बन्धित निकायले नियन्त्रणमा पहल नचाल्दा स्थानीय व्यवसाही समेत मारमा परेका छन् ।
सिमापारीबाट कुखुरा र मासुजन्य पदार्थ क्वारेन्टाइन चेकजाँच बिना आयात गर्न प्रतिबन्धित छ । सो को गुणस्तर मापन गरि प्रमाणित गरेको मासुजन्य पदार्थ मात्रै नेपाली बजारमा बिक्री गर्न पाइने पशु क्वारेन्टाइन चेकपोस्ट बेलौरीका प्रमुख तथा पशु चिकित्सक धनन्जय जोशीले बताए ।
क्वारेन्टाइन चेकपोस्टमा जनशक्ति अभावका कारण पुनर्वास लगायतका क्षेत्रमा अनुगमन तिब्र पार्न नसकिएको पशु चिकित्सक जोशीले बताउए । सो क्षेत्रबाट हुने गरेको अबैध निर्यात रोक्न नेपाल प्रहरी सशस्त्र प्रहरी र इलाका प्रसाशनलाई जिल्ला पशु कार्यालय तथा क्वारेन्टाइनले पत्राचार गरिसकेको जोशीले बताए ।
पुनर्वासका सिमाबर्ती नाकाबाट बढिरहेको अबैध मासुजन्य पदार्थको नियन्त्रणमा प्रहरीले सकृयता बडाएपनि खुला सीमाना र न्यून जनशक्तीका कारण प्रतिबन्धित कुखुराको आयात रोक्न नसकिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिक बिष्टले बताए ।
प्रकाशित मिति: ६ श्रावण २०७३, बिहीबार १९:३०