कर्णालीमा कुल परिवार मध्य ३२ प्रतिशत भन्दा बढी परिवारको मुली महिला रहेको तथ्याँक सार्वजनिक भएको छ ।आज सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदनमा कर्णालीमा ३२ दशमलव एक प्रतिशत परिवारको मूली महिला रहेको उल्लेख छ ।
यसैगरी यो प्रदेशमा ६७ दशमलव ९ प्रतिशत परिवारको मुख्य व्यक्ति भने पुरुष रहेक छन ।देशको कुल परिवारमध्ये ३१ प्रतिशत परिवारको मूली महिला रहेको पार्इएको छ ।नेपालमा अहिले ६६ लाख ६६ हजार ९३७ परिवार रहेका जनाएको छ ।तीमध्ये ३१ दशमलव ५५ प्रतिशत अर्थात् २१ लाख ३ हजार २७८ परिवार महिलाले चलाउने गरेका छन् ।४५ लाख ६३ हजार ६५९ परिवार अर्थात् ६८ दशमलव ४५ प्रतिशत घर पुरुषले चलाउँने गरेका छन् ।२०६८ मा महिला परिवार मूलीको सङ्ख्या २५ दशमलव ७३ प्रतिशत थियो ।
पहाडी क्षेत्रका धेरै घर महिलाले चलाउने गरेको तथ्याङ्क छ ।प्रदेशगत रुपमा गण्डकी प्रदेशका धेरै परिवारमा महिला मूली छन् भने मधेस प्रदेशमा कम परिवारमा मात्रै महिलाको नेतृत्व छ ।
प्रदेशगत रुपमा सबैभन्दा कम जनसंख्या कर्णालीमा रहेको छ।कर्णालीमा कुल जनसंख्याको ५ दशमलव सात नौं प्रतिशतको मात्र बसोबास रहेको तथ्यांकमा उल्लेको छ ।
सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा कुल जनसंख्याको २० दशालव नौ सात प्रतिशत रहेको छ नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ।पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ अर्थात ४८ दशमलव ९८ प्रतिशत र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात ५१ दशमलव दुर्इ प्रतिशत रहेको छ।
काठमाडौँको एक होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गर्नुभएको हो।राष्ट्रिय योजना आयोगले केन्द्रीय तथ्यांक विभाग मार्फत् २५ कात्तिकदेखि ९ मंसिर ०७८ सालको जनगणना संकलन गरेको थियो ।
गत वर्ष माघमै सार्वजनिक गरिएको यसको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको बतार्इएको थियो ।नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।
कूल जनसंख्यामध्ये अन्य लिङ्गी लैङ्गिक तथा यौनिक अल्पसंख्यकको जनसंख्या २ हजार ९२८ रहेको उल्लेख छ ।जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष शून्य दशमलव नौं दुर्इ प्रतिशत रहेको छ ।२०६८ सालको जनगणनामा १ दशमलव तीन पाँच प्रतिशत प्रतिवर्ष थियो ।
जिल्लागत रुपमा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भक्तपुरको ३दशमलव तीन पाँच प्रतिशत रहेको छ ।सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर रामेछापमा१ दशमलव छ सात प्रतिशत रहेको छ ।
प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार १७:२०