कर्णाली प्रदेशमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको सरोकारवालाले बताएका छन।आज सुर्खेतको वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेशको मानव अधिकारको अवस्थाको बारेमा सरोकारवालसंग गरिएको छलफलमा यस्तो बताइएको हो।कार्यक्रममा जातीय विभेद, हत्या, बलात्कार, हिंसा, छुवाछुतजस्ता अमानवीय घटनाहरू दिन प्रतिदिन बढ्दै गइरहनु चिन्ताजनक भएको बताएइएको छ।
उनीहरुले घरेलु हिंसाबाट महिलामाथि हुने शारीरिक तथा मानसिक घटनालाई संवेदनशीलताका साथ हेर्न नसकेको बताएका छन।सहभागीहरुले मानव अधिकार रक्षकहरु नै असुरक्षित हुने गरेको बताएका छन।
उनीहरुले मानव अधिकार रक्षकहरुको अधिकार र संरक्षणका लागि हालसम्म कुनै कानुन नबनेको बताएका छन।यस्तै अहिलेपनि छुवाछुत तथा जातीय भेदभावका घटनाहरु बढ्दै भएको र शिक्षा, स्वास्थ्य र रोजगारीको समसस्या धेरै रहेको जनाइएको छ। j
कर्णालीका नागरिकले अहिले पनि खाधान्न अभाव, स्वास्थ्यमा पहुँच बालबिबाह प्राकृतिक प्रकोपबाट थुप्रै धनजनको क्षेति ब्यहोर्नु परेको छ।कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका प्रदेश अध्यक्ष पिताम्बर ढकालले कर्णालीमा मानव अधिकार हनका घटनाहरु बढ्दै गएको बताउनुभयो।
उहाँले अहिले स्थानियतमा बनेका ऐन नियमहरु मानबअधिकार मैत्री हुन नसकेको भन्दै यस्लाइ सुधार गर्नुपर्नेमा जोडदिनुभयो।यस्तै कार्यक्रमलार्इ सम्बोधनगर्दै राष्ट्रिय मानवअधिकार आयोग कर्णालीका प्रमुख लोकनाथ बास्तोलाले कर्णालीमा मानव अधिकारको क्षेत्रमा काम गर्न चुनौति रहेको उल्लेख गर्नुभयो।
उहाँले मानव अधिकार मैत्री विकास हुन नस्कदा कर्णालीका नागरिकले खाध्यसुरक्षा देखी अन्य विभिन्न क्षेत्रमा दुख पाएको जिकिर गर्नुभयो। यस्तै कार्यक्रमलार्इ सम्बोधनगर्दै कर्णालीका मुख्यसचिव गोपिकृष्ण खनालले राज्यको प्रमुख काम नै जनताको जनधनको संरक्षण गर्नु रहेको उल्लेख गर्नुभयो।
उहाँले अहिले प्रविधिको प्रयोग संगै डिजिटल क्राइम बढ्दै भन्दै बैदशिक रोजगारीमा जानेहरुमा यस्तो धेरै समस्या देखिएको बताउनुभयो। प्रमुख सचिवले चेतनाको अभावकै कारण समाजमा मानव अधिकार उल्लघनका घटनाहरु दिनप्रतिदन बढ्दै गएको बताउनु भयो।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा,उच्च अदालत सुर्खेतका न्याधिस पुनमसिहं चन्द मुख्यन्याधिवक्ता नरबहादुर खड्का इन्सेकका अध्यक्ष कुन्दन अर्याल लगायतले मानव अधिकार सुनिश्चितताका लागि मानव एकजुट हुनुपर्नेमा जोड दिइएको छ । कार्यक्रम इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीको अध्यक्षतामा सम्पन्न भएको हो।
उल्लङ्घनका घटना बढे
यस्तै २०२२ मा कर्णालीमा ४९६ वटा मानवअधिकार उल्लङ्घनका घटनाहरू भएका छन्।मानव अधिकार संस्था इन्सेकले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ७ हजार ३७६ जना पीडित भएकोमा कर्णालीमा ४९६ जना पीडित भएका जनाएको छ।पीडित भएकामध्ये मानव अधिकार उल्लङ्घनका घटनामा ४ जना महिला र २९ जना पुरुष गरी ३३ जना पीडत भएका छन्।
ज्यादतीका घटनामा ३ सय २८ महिला र १ सय ३५ जना पुरुष गरी ४६३ जना पीडित भएका छन्।यस वर्ष कर्णालीमा राज्य पक्षबाट १५ वटा मानव अधिकार उल्लङ्घनमा घटना भएका छन्।
राज्य पक्षबाट भएका कुटपिटका घटनामा गिरफ्तारीका घटनामा १, हिरासत वा थुनामा मृत्यु १, अमानवीय व्यवहारका घटनामा १, अभिव्यक्ति भेला तथा सङ्गठित हुने अधिकारमा १५ जना पीडित भएको इन्सेकले जनाएको छ।
प्रकाशित मिति: १ चैत्र २०७९, बुधबार १७:१६