तीन वटै तहका सरकारले पूर्वाधारको विकास नगर्दा कणर्लीमा लगानी भित्र्याउन नसकिएको उद्योगी व्यवसायीहरुले बताएका छन् । उनीहरुले सवै तहका सरकारलाई आवश्यक नीति नियम र पूर्वाधारको विकासको विकास गरिदिए लगानी भित्र्याउन तयार रहेको जनाएका छन् । सुर्खेतमा विहीवार भएको नेपाल उद्योग बाणिज्य महासंघ कणर्ाली प्रदेशको छैठौं प्रदेश सभामा सहभागी उद्योगी व्यवसायीहरुले यदि कणर्ालीमा लगानी भित्र्याउने भए पूर्वाधारको विकास गर्नुपर्ने सुझाव दिएका छन् । कणर्ालीमा विशेषगरी पर्यटन, जलविद्युत, कृषि र जडिबुटीमा लगानी गर्न सकिने उनीहरुको भनाइ छ ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बरका उपाध्यक्ष चण्डिराज ढकालले कणर्ाली विकासमा पछि पर्नुमा लगानीका लागि आवश्यक पर्ने नीति नियम र पूर्वाधारको विकास नहुनु बताउनुभयो । उहाँले पहिले सरकारले पूर्वाधारको विकास गरिदिए पो उद्योगीहरुले लगानी गर्न सक्ने भन्दै त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई पूर्वाधारको विकास गरिदिन आग्रह गर्नुभयो ।
उहाँले कणर्ालमिा विशेषगरी पर्यटन, जडिबुटी, कृषि र जलविद्युतमा प्रशस्त लगानी भित्रिन सक्ने उल्लेख गर्नुभयो । उहाँले कोरोनापछि उस्क्नि थालेको उद्योग व्यवसाय बैंकको चर्को व्याजले पुनः पिल्सिएको टिप्पणी गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुकै आन्दोलनका कारण बैंकले पनि व्याज कम गर्न लागेको जानकारी दिदैं सरकारले उद्योगी व्यवसायी मैत्री कानुनहरु निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले कणर्ालीलाई भूगोलभन्दा पनि राज्य संचालकका कारण ठगेको आरोप लगाउनुभयो । कणर्ालीको सम्भावनालाई लगानीमैत्री वातावरण निर्माण गर्न सके विकास गर्न सकिने उहाँको भनाइ छ ।
उहाँले अहिलेको जस्तो जटिल समस्या व्यवसायीहरुले कहिल्यै भोग्नु नपरेको बताउनुभयो । महासंघका केन्द्रीय सदस्य उमेश डालमियाँले कणर्ालीमा लगानी भित्र्याउने होभने पूर्वाधार तयार गरिदिनुपर्ने माग गर्नुभयो । नेपाल उद्योग बाणिज्य महासंघ कणर्ाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कणर्ालीमा लगानी भित्र्याउन निकै प्रयास गर्दा उद्योगी व्यवसायीहरु पूर्वाधार विकास नहुँदा सफल नभएको बताउनुभयो । उहाँले विशेषगरी प्रदेश र संघीय सरकारले विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिदिनुपर्ने सुझाव दिनुभयो । लगानी नभित्रिँदा बैंकले ऋण दिन कन्जुस्याईं गरेको उहाँको भनाइ छ ।
कोरोना र बैंकको चर्को व्याजका कारण पनि आर्थिक चलायमान हुन नसकेको अध्यक्ष शाहीले बताउनुभयो । देशमा आर्थिक संकट समाधान गर्न र उद्योग वातावरण तयार गर्न सरकारले निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्नुपर्ने उहाँले जनाउनुभयो । सो अवसरमा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डिबी बस्नेत, महासंघका पूर्व कोषाध्यक्ष निरक केसी, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, बस्तुगत समितिका कमल नेपालले शुभकामना व्यक्त गर्दै प्रदेशका उद्योगी व्यवसायीहरुको समस्यालाई प्रदेशले समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
चौथो कार्यकालमा पनि शाहीकै नेतृत्व यसैवीच नेपाल उद्योग बाणिज्य महासंघ कणर्ाली प्रदेशको छैठौं प्रदेश सभाले चौथो कार्यकालका लागि पनि सुर्खेतका पदमबहादुर शाहीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । कोषाध्यक्ष बाहेक अन्य सवै पदमा निर्विरोध चयन भएको हो । शाही २०६९ सालमा क्षेत्रीय अध्यक्ष हुनुभएको थियोभने संघीयतापछिको दुई कार्यकाल पनि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।
यो सहित उहाँको यो चौथो कार्यकाल हो । निर्विरोध निर्वाचन हुने अन्य पदाधिकारीमा जिल्ला नगर उपाध्यक्षमा सल्यानका सुदन श्रेष्ठ, एशोसियट उपाध्यक्षमा सुर्खेतका हर्षविक्रम खड्का निर्विरोध चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा हुम्लाका नामग्याल तामाङ, सल्यानका कुमार बुढाथोकी, दैलेखका कुमार प्याकुरेल, सुर्खेतका लक्ष्मी कार्की, इन्द्रप्रसाद शर्मा, खड्कबहादुर शाही र सुर्खेतका कमल नेपाल चयन हुनुभएको छ ।
कोषाध्यक्षमा कालीकोटका भानुभक्त बराल नवनिर्वाचित अध्यक्ष पदमबहादुर शाहीले बताउनुभयो । उहाँले चौथोपटक आफूलाई अध्यक्षमा निर्वाचित गरी प्रदेशका उद्योगी व्यवसायीहरुले विश्वास गरेकोले समग्र प्रदेशको उद्योगी व्यवसायीको पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार २०:३१