यही चैत ३ गते हुने मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विधार्थीहरुले आज उम्मेद्वारी दर्ता गराएका छन।नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनमा उम्मेदवारी दिएका छन।
निर्वाचनमा नेपाल विधार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन अनेरास्वियु, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका विधार्थी संगठनले उम्मेद्धवारी दर्ता गराएका हुन।एकजना सभापतिको लागी नौ जनाको उम्मेद्वारी परेको छ।
सभापतिको लागी नेविसंघका रोशन बस्नेत, अनेरास्वियुका प्रकास भुषाल, एकीकृत समाजवादी निकट अनेरास्ववियुका मिलन विसी र अखिल क्रान्तिकारी ममता अधिकारीले उम्मेद्वारी दिनु भएको छ।यस्तै सचिवमा पनि नौ जनाको उम्मेद्धवारी दर्ता भएको छ।
सचिवमा नेविसंघबाट भुपेन्द्र आचार्यले उम्मेद्धवारी दिदाँ अनेरास्वियुकाका भुपेन्द्र भन्डारी, चित्रबहादुर सहकारी लगायत ९ जानले उम्मेद्वारी दिनुभएको छ।उम्मेद्वारहरु विरुद्ध उजुरी २४ गतेसम्म दिन सकिने छ भने अन्तिम नामावली २५ गते प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।
कोषाध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको छ भने सदस्यमा ३० जनाको उम्मेद्वारी दर्ता भएको जनार्इएको छ।निर्वाचनमा चार हजार ८ सय २९ जना विधार्थीले मत हाल्न पाउने भएका छन।
मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको हो।
विश्वविद्यालयले अहिले घोषणा गरेको दोस्रो स्ववियु निर्वाचन हो।विश्वविद्यालय स्थापना यता एक पटक मात्र स्ववियु संगठन बनेको थियो।
प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार १८:५२