पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाले भूमिहीनहरुको लगत संकलन शुरु गरेको जनाएको छ।आज एक कार्यक्रमको आयोजना गरेर पालिका अध्यक्ष भिमबहादुर भन्डारीले जग्गा नापजाँच तथा भु-उपयोग गुरुयोजना निर्माण कार्य शुरु गर्नु भएको हो।
वर्षौंदेखि जग्गाको लालपूर्जा पाउने आशमा बसेका भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाइ लालपुर्जा दिर्इने भएको छ ।पालिकाले जग्गाको लालपूर्जा दिने भनि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको कार्यलाई अगाडि बढाइरहेको जनाएको छ ।
बराहताल गाँउपालिमामा ४ हजार ९ सय ५० जना अव्यवस्थित रुपमा बसोबास गर्दै आएको राष्ट्रिय भुमि आयोग बराहतालका शाखा प्रमुख रामकृष्ण गौतमले जानकारी दिनुभयो।
उहाँले अहिले वडावडामा जग्गाको नापजाँच गर्ने कार्यभएकाले छिटै सबै वडाको नापजाच गर्ने बताउनुभयो।यसअघि वडा ५ का एकसय जनालार्इ लालपुर्जा वितरण गरिसकिएको छ भने २ सय ५० जनालाइ दिने तयारी रहेको बताउनुभयो।२०२९ सालदेखी विभिन्न आयोगले नापजाँच गरेर पुर्जा दिने भनेपनि हालसम्म कसैले पुर्जा दिन सकेका थिएनन्।
पटकपटक गठन भएका ‘सुकुम्बासी समस्या समाधान आयोगले वर्षौंदेखि काम गर्दै आएपनि समाधान गर्न नसकेको भन्दै आयोग प्रतिनै प्रश्न उठ्ने गरेको छ।
यता पालिका अध्यक्ष भिमबहादुर भण्डारीले अहिले आगामी बैशाखसम्म बराहतालका सबै भुमिहिन तथा सुकुम्बासीहरुले लालपुर्जा पाइसक्ने जिकिर गर्नुभयो।पटकपटक गठित आयोगले किनारा लगाउन नसकेको काम अव पालिकाले समाधान गर्ने उद्देश्यले काम अघि बढाइएको अध्यक्ष भन्डारीले दावी गर्नुभयो।
आज वडा नं ४ तरंगामा अव्यवस्थित बसोबास गरेका नागरिकहरुको जग्गा नापजाँच गरिएको छ भने अन्य वडाहरुमा क्रमसंगै काम थाल्ने जनाइएको छ।
प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार १६:५५