सुर्खेतमा वर्षेनी सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको छ।
सडकको दुरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीका कारण सवारी दुर्घटना हुनेक्रम बढ्दै गएको हो।जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले पछिल्लो तिन बर्षमा सुर्खेतमा सवारी दुर्घटनामा परी एकसय आठ जनाको ज्यान गएको जनाएको छ।यो अविधमा एकसय २३ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको तथाङक रहेको छ।
आर्थिक बर्ष २०७६/७७ मा भएका ४४ वटा सवारी दुर्घटनामा परेर ३७ जनाले ज्यान गुमाएका छन।आर्थिक बर्ष २०७७/७८ मा २५ जनाले ज्यान गुमाउदा गत आर्थिक बर्षमा सवारी दुर्घटनामा परेर ३२ जनाको मृत्यु भएको छ।यस्तै चालु आर्थिक बर्षको ६ महिनामा भएका १३ वटा सवारी दुर्घटनामा परेर १४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बताएको छ।सवारी दर्घटनामा परेर यो अविधा महिलाको तुलनमा पुरुषको ज्यान बढि गएको छ।जसमा महिला ३३ जना रहेका छन भने ७५ जना पुरुष रहेका छन।
पछिल्लो तिनबर्षमा सवारी दुर्घटनामा परेर एकसय १६ जना घार्इते भएका छन।सरकारले सवारी दुर्घटना न्यूनीकरणका विभिन्न नीति अवलम्बन गर्दै आएपनि सवारी दुर्घटना हुने क्रममा कमी आएको छैन्।
साँघुरा सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, लाइसेन्सविना नै सवारीसाधन चलाउने जस्ता गतिविधिले पनि सुदूरपश्चिममा सवारी दुर्घटना बढ्दै गएको जनाइएको छ।दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ।
तीव्र गति, पैदलयात्रुको लापरबाही, गाडीको यान्त्रिक गडबडी, खराब मौसम र सडकमा छाएिका चौपाया पनि सवारी दुर्घटनाका मुख्य कारक भएको जनाइएको छ।
प्रकाशित मिति: २६ माघ २०७९, बिहीबार १७:२०