कर्णाली प्रदेशमा १० प्रकारका आयुर्वेदिक औषधि उत्पादन हुँदै आएको छ।प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले अश्वगन्धा, सितो पलादी, आमलकी, अविपतिकर, अमृत चिया, पिडाहर तेललगायत औषधि उत्पादन गरिरहेको छ।
अस्पतालले ग्यास्ट्रिक, पेटको रोग, बाथलगायतका बिरामीको उपचारका लागि औषधि उत्पादन गरिरहेको हो।उत्पादित औषधिहरू अस्पताल र कर्णालीका अन्य जिल्लाका आयुर्वेद संस्थाहरूबाट निःशुल्क रूपमा वितरण गरिँदै आएको छ।
उत्पादन हुने औषधिहरू बनाउन कार्यालयले कृषकहरूबाट सिधै जडीबुटी खरिद गर्ने अस्पतालका प्रमुख डा. शंकरप्रसाद रिजालले बताउनुभयो।कर्णालीका किसानहरूबाट जडिबुटीहरू किनेर औषधि उत्पादन भइरहेको हो।
कर्णालीमा उपलब्ध नभएका जडीबुटीहरू भने नेपालगन्ज, काठमाडौं र भारतसम्मबाट ल्याउने गरिएको छ।औषधि उत्पादनका लागि अस्पताललाई प्रदेश सरकारले सहयोग गर्दै आइरहेको छ।
वार्षिक १० देखि १५ लाखसम्म बजेट प्रदेश सरकारले व्यवस्था गरिरहेको डा. रिजालले बताउनुभयो।उहाँले यो वर्ष ७ लाख रुपैयाँ प्रदेश सरकारले दिएको छ।प्रदेश सरकारबाट बेच्ने अनुमति पनि नलिएकाले बिक्री भने हुन नसकेको उहाँको भनाइ छ। तृप्ति शाही कान्तिपुर दैनिक
प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार १६:३६