मैत्रीपूर्ण फुटबलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले साउदी क्लब रियाद अल स्टार–११ लाई हराएको छ ।
गए राति रियादको किङ फाहद रङ्गशालामा भएको खेलमा पीएसजी ५–४ गोलले विजयी भएको हो ।
खेलमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको भिडन्तको रुपमा हेरिएको थियो ।
मेस्सीले पीएसजी छन् भने रोनाल्डोले यसै खेलबाट नसरमा डेब्यु गरे ।४३ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई २-१ को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नसरलाई २-२ को बराबरीमा ल्याए ।
खेलको ५३ औं मिनेटमा सर्जियो रामोसले गोल गरेपछि पीएसजी ३-२ ले अघि रह्यो ।५६ औं मिनेटमा जाङ ह्युन सोले गोल गर्दै नसरलाई ३-३ को बराबरीमा ल्याए ।
पीएसजी खेलको ३९ औँ मिनेटमा नै १० खेलाडीमा समेटिएको थियो । उसका लिओनल मेसी, किलियन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले एक/एक गोल गरे । नेयमार पेनाल्टीमा गोल गर्न चुके ।
रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले एक/एक गोल गरे ।
यी दुई टिमबीचकाे खेलकाे धेरै महत्त्व नभए पनि विश्वभरका फुटबलप्रेमीकाे ध्यान याे खेलले तानेकाे थियाे । खेलको उद्घाटन समारोहमा भारतीय अभिनेता अमिताभ बच्चनले खेलाडीलाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार १०:५७