बिश्व फुटबलका दुइ स्टार खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज राती मैत्रीपूर्ण खेल हुँदैछ ।
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन पीएसजी र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ ।यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ ।
मेस्सी र रोनाल्डो २ वर्षपछि एक अर्कासँग खेल्दैछन् । सम्भवत अन्तिम पटक क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी आमने सामने हुदैछन्
रोनाल्डोले नेतृत्व गर्ने साउदी अल स्टार–११ मा रोनाल्डो बाहेक अरु स्टार खेलाडी छैनन।पीएसजीमा मेस्सीका साथै केलियन एम्बाप्पे नेयमार सर्जियो रामोस जस्ता स्टार खेलाडी छन।
किर्तिमानी मूल्यमा साउदी क्लब अल नासरमा अनुबन्धित हुनुभएका रोनाल्डो क्लबबाट डेब्यू गर्न लाग्नुभएको हो ।
नयाँ क्लबमा जनवरी २२ देखि सिजनको सुरुवात गर्नुअघि रोनाल्डो मेस्सीसँग मैत्रीपूर्ण खेलमा देखिन लागेका हुन् । मेस्सीविरुद्ध रोनाल्डोले रियाद स्टार एघार टिमको नेतृत्व गर्नेछन् ।
समकालिन फुटबलमा रोनाल्डो र मेस्सीलाई सबैभन्दा ठुला खेलाडी मानिन्छन् । यि दुई खेलाडीको प्रतिस्पर्धाले युरोपेली क्लब फुटबललाई नयाँ उचाई दिएको थियो । करियरको अन्तिम समयतिर रहेका दुवै खेलाडी अन्तिम पटक एक आपसमा भिड्न लागेका हुन् ।
पीएसजीविरुद्ध मैदान उत्रदै गर्दा रोनाल्डो सम्भवत अन्तिम पटक मेस्सीसँग आमने सामने हुनेछन् ।
प्रकाशित मिति: ५ माघ २०७९, बिहीबार १७:२०