प्रत्येक्षमा ५ सिट जितेको एमाले आइतबार विहानसम्म समानुपातिकमा १ लाख ७६ हजार २३३ मत ल्याउँदै एमालले पहिलो दलको सूचिमा छ । समानुपातिक मतपरिणामलाई आंकलन गर्दा एमालले समानुपातिकमा पनि ५ सिटसम्म ल्याउने सम्भावना बढेको छ । १ लाख ६३ हजार ११२ मतसहित नेपाली कांग्रेस दोस्रो, १ लाख ३३ हजार ५ मतसहित माओवादी केन्द्र तेस्रो र ३३ लाख २८७ मत ल्याएको नेकपा एकीकृत समाजवादी चौथो स्थानमा छ ।
सुर्खेत, कर्णाली प्रदेश सरकारमा नेकपा एमाले निर्णाक बन्ने देखिएको छ । ४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ सांसदको समर्थन आवश्यक पर्दछ । प्रत्येक्षतर्फ कर्णाली प्रदेशका २४ निर्वाचन क्षेत्र छन् । जसमध्ये नेकपा एमालेले ५, माओवादी र नेपाली कांग्रेसले ९–९ र एक ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । प्रत्येक्षमा ९–९ सिट ल्याएका सत्ता गठबन्धनका कांग्रेस–माओवादीले १८ सिट सुरक्षित गरिसकेका छन् । समानुपातिक पनि कांग्रेस–माओवादीले ८ देखि १० सिट ल्याउने संकेत देखिन्छ । यसरी हेर्दा अहिलेकै सत्ता समीकरण कायम रहेको खण्डमा गठबन्धनले बहुमतसहितको सरकार चलाउने सक्नेछन् । तर गठबन्धन फेरबदल भएको खण्डमा भने कांग्रेस र माओवादी दुबै दललाई एमालेको साथ आवश्यक पर्दछ । अहिलेको गठबन्धन टुटेको खण्डमा सत्ता समीकरणका लागि कर्णालीमा एमाले निर्णाक हुनेछ । गठबन्धन टुटे प्रत्येक्ष र समानुनापतिकतर्फ दलले पाएको मतको आधारमा सत्तासमीकरणका लागि कर्णालीमा एमाले निर्णायक बन्ने देखिएको हो । समीकरण कायम रहेको खण्डमा भने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बहुमत सहितको सरकार चलाउने छन् ।
प्रत्येक्षतर्फ कर्णालीमा सत्ता गठबन्धनलाई तोड्दै एमालेले सुर्खेत, दैलेख, डोल्पा, मुगु र जुम्लामा जित निकालेको छ । एमालेका सुर्खेत–२ (१) बाट यामलाल कँडेल, दैलेख–२ (२)बाट विनोदकुमार शाह, जुम्ला (२)बाट टेकराज पछाई, डोल्पा (१)बाट शेरबहादुर बुढा र मुगु (१) बाट जीतबहादुर मल्ल विजयी भएका छन् ।
सत्तासाझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बराबरी सिट जितेका छन् । माओवादीका उम्मेदवारहरु सुर्खेत–१ (२) मा कृष्ण जिसी, सुर्खेत–२ (२) मा विन्दमान विष्ट, हुम्ला (१) मा रणसिंह परियार, डोल्पा (२) मा वीरबहादुर शाही, कालीकोट (१) मा दुर्गाबहादुर रावत, सल्यान (१) मा भीमप्रकाश शर्मा, रूकुम पश्चिम (१) मा महेन्द्र केसी, रूकुम पश्चिम (२) मा राजकुमार शर्मा र मुगु (२) मा मंगलबहादुर शाही विजयी भएका छन् ।
त्यस्तै नेपाली कांग्रेसकाबाट दैलेख–१ (१) मा पूर्णबहादुर खत्री, दैलेख–१ (२) मा कृष्ण विसी, दैलेख–२ (१) मा घनश्याम भण्डारी, सुर्खेत (१) मा खड्ग पोखरेल, जाजरकोट (१) मा वेदराज सिंह, जाजरकोट (२) मा राजिवविक्रम शाह, सल्यान (२) मा सुरेश अधिकारी, कालीकोट (२) हिक्मतबहादुर विष्ट र हुम्ला (२) मा जीवनबहादुर शाही विजयी भएका छन् । जुम्ला (१) मा भने स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन् ।
कर्णाली प्रदेशमा गठबन्धनभित्र भागबण्डा गर्दा नेपाली कांग्रेसले १२, माओवादीले १० र एकीकृत समाजवादीले २ वटा निर्वाचन क्षेत्र पाएका थिए । तर निर्वाचनमा कांग्रेसले ३ सिट, माओवादी केन्द्रले एक सिट र नेकपा एकीकृत समाजवादीले सबै सिट गुमाएको छ ।
प्रत्येक्षमा ५ सिट जितेको एमाले आइतबार विहानसम्म समानुपातिकमा पहिलो स्थान ओगटेको छ । मतपरिणाम अनुसार १ लाख ७६ हजार २३३ मत ल्याउँदै एमालले पहिलो दलको सूचिमा छ । समानुपातिक मतपरिणामलाई आंकलन गर्दा एमालले समानुपातिकमा पनि ५ सिटसम्म ल्याउने सम्भावना बढेको छ ।
समानुपातिकका १६ सिटमध्ये नेपाली कांग्रेस, एमाले र माओवादीले लगभग उस्तउस्तै मत ल्याउने संकेत देखिएको छ । आइतबारसम्म १ लाख ६३ हजार ११२ मतसहित नेपाली कांग्रेस दोस्रो र १ लाख ३३ हजार ५ मतसहित माओवादी केन्द्र तेस्रो स्थानमा छन् । कर्णालीमा आवोदीलेका प्रभावित क्षेत्र भएका कारण यहाँ समानुपातिकमा माओवादी नै पहिलो हुने धेरैको अनुमान छ ।
प्राप्त मतपरिणाम अनुसार हालसम्म नेकपा एकीकृत समाजवादीले ३३ लाख २८७ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त पार्टीले २४ हजार ६२३, नेपाल मजदुर किसान पार्टीले ८ हजार ९९२ र नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिववादी)ले ३ हजार मत ल्याएको छ ।
प्रकाशित मिति: ११ मंसिर २०७९, आईतवार १०:०४