सुर्खेत, वीरेन्द्रनगरको मंगलगढी चोकदेखि काँक्रेविहार जोड्ने सडक अलपत्र पारेको जनगुनासो बढेकाले भोलीबाटै काम थाल्न सम्बन्धित निकायले निर्देशन दिएको छ।
आज वीरेन्द्रनगरका नगरप्रमुख प्रमुख जिल्ला अधिकारी भौतिक पुर्वाधार निर्देशनालय सुर्खेतका प्रमुख र ठेकदारवीच भोलीदेखी काम गर्ने सम्झौता भएको छ।
आर्थिक वर्ष २०७५÷०७६ मा कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त लगानीमा सडक निर्माणको काम अघि बढाइएको थियो।
सडक समयमै नबन्दा यात्रुलाई बाह्रै महिना सास्ती हुने गरेको छ भने यो सडक खण्ड वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्य हुन्छ ।लामो समय वितिसक्दा पनि सडक निर्माण नभएको भन्दै केहीदिन अघि त्यहाँका स्थानियले विरोध प्रदर्शन समेत गरेका थिए।
आगामी असार मसान्त सम्म काम सक्ने लक्ष्यका साथ सम्झौता गरिएको भएपनि हाल सम्म ३५ प्रतिशतमात्रै काम सकिएको छ।दुई किलोमिटर तीन सय मिटर लम्बाई भएको सडक २५ मिटर चौडा छ।
१२ करोड ७३ लाखको लागतमा निर्माण सक्ने भन्दै ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको छ।हालसम्म ठेकेदार कम्पनीले झन्डै पौने दुइ करोड रुपयौ भुक्तानी लिइसकेको जनाएको छ।सामान्य वर्षमा पनि हिलाम्य बन्ने हुँदा यायायातका साधन र पैदलयात्रुहरूलाई समेत सास्ती हुन्छ।
वडा अध्यक्ष ॠषि गिरीले भोली सडक निर्माणको काम थाल्ने लिखित समहति भएको बताउनु भयो। उहाँले यस अघि ठेकेदारकाे अन्य ठाँउमा पनि काम भएकाले यहाँको काम गर्न समस्या भएको उहाँको भनाइ छ। यो महिनाबाट काम थाले असार मसान्त सम्म काम सकिनेमा विश्वस्त रहेको बताउनुभयो। सडक स्तरउन्ती नहुदाँ यसक्षेत्रका नागरिक बाह्रै महिना हैरानी खेप्न बाध्य भएका छन। सडक निर्माणको लागी पटकपटक सम्बन्धित नियकाको ध्यान जान नसक्दा यस्तो समस्या भएको बताउनुभयो।
कर्णालीको राजधानी वीरेनन्रद्ररनगरमा रहेको महत्वपूर्ण सडकहरूको निर्माणमा लापरवाही हुँदा स्थानीयले झनै सास्ती भोगिरहेका हुन।
प्रकाशित मिति: ३० भाद्र २०७९, बिहीबार २२:०५