भदाै २९ सुर्खेत, कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र नेता हृदयराम थानीबीच टकराव हुँदा गएको स्थानीय चुनावमा कांग्रेसले अपेक्षित नतिजा ल्याउन सकेन । त्यसैले सुर्खेतका कांग्रेस कार्यकर्ताहरू दुई नेता मिल्नुको विकल्प नरहेको बताउने गर्छन् ।
खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन् भने थानी २ बाट। संघमा गठबन्धनबाट कांग्रेसले नै पाउने लगभगपक्का छ । र उम्मेदवार पनि खड्का र थानी नै हुने लगभग पक्का छ । त्यसैले अरु नेताहरूले संघ ताकेका छैनन् । तर, प्रदेशमा भने तीव्र प्रतिस्पर्धा छ । सुर्खेतका ४ प्रदेशसभा सिटमध्ये कांग्रेस र माओवादीले २–२ सिट लिने सम्भावना बलियो । क्षेत्र नम्बर १ (ख) र २ को पनि (ख) माओवादीले दाबी गरिरहेको छ । अरु दुईमा कांग्रेसको दाबी छ ।
कांग्रेसले आफूले पाउने सिटमा कांग्रेस नेताहरू टिकटको लविङमा छन् । २०७४ मा पनि क्षेत्र नम्बर २ (क) बाट उम्मेदवार बनेर एमालेका यामलाल कँडेलसँग पराजित बनेका कांग्रेस सुर्खेतका पूर्वसभापति कमलराज रेग्मी अहिले पनि प्रदेशको प्रत्यक्षतर्फ सिफारिस भएका छन् । उनी शेखर समूहका नेता हुन् । नेविसंघको केन्द्रीय राजनीतिबाट पार्टी राजनीतिमा लागेका रेग्मी ३ कार्यकाल क्षेत्रीय सभापति र एकपटक जिल्ला सभापति बनेका छन् । त्यसैले पनि उनी प्रदेशसभा सदस्यमा आफ्नो बलियो दाबेदारी रहेको रेग्मी बताउँछन् । उनले भने, ‘प्रदेशसभा सदस्यमा म अरुभन्दा केही बलियो उम्मेदवार हुन सक्छु । यसअघि पनि उम्मेदवार बनेको थिएँ । तर गठबन्धनसँग लड्नुपर्दा पराजित भइयो ।’
वीरेन्द्रनगरसमेत समेटिएको सुर्खेत २ (क) मा कांग्रेसले आफूलाई उम्मेदवार बनाएर न्याय दिनेमा रेग्मी विश्वस्थ छन् । रेग्मी भन्छन, अघिल्लो पटक एमाले र माओवादी वीच गठबन्धन हुदाँ पाटीले हार्ने थाहापाउदाँ पाउदै पाटिको लागी चुनाव लडे, यसपटक पनि पाटीले टिकट दिनेमा ढुक्क छु। अघिल्लो पटक उनै कँडेल संग हारेका रेग्मी यसपटक बदला लिने दाउमा छन।
२०७४ सालको स्थानियतहको निर्वाचनमा १६ वटा वडा वीरेन्द्ररनगरको तत्कालिन मेयर देवकुमार सुवेदीले करिब १४ हजार मत ल्याएका थिए भने रेग्मीले लग्तै भएको प्रदेशसभा सदस्य निर्वाचनमा २ वडा घटाउदाँ पनि करिब दुइ हजार मत थपेर झन्डै १६ हजार मत प्राप्त गरेका हुन।
यो क्षेत्रबाट रेग्मीसँगै ९ जना सिफारिस भएका छन् । मुख्यगरी पुराना नेता कालिप्रसाद शाक्य, रेग्मी र पूर्व मेयर देवकुमार सुवेदीको चर्चा बढी छ।
रेग्मी भन्छन्, ‘एमालेबाट मुख्यमन्त्रीको दाबी गरिरहेका यामलाल कँडेल उम्मेदवार हुने सम्भावना छ । उहाँलाई टक्कर दिन सक्ने उम्मेदवार म हुँ ।’ टिकट वितरणमा पार्टीको समूहअनुसार वितरण हुँदा पनि आफूले पाउनुपर्ने उनको तर्क छ । क्षेत्र नम्बर १ मा उपसभापति खड्का समूहले पाउँदा क्षेत्र नम्बर २ मा कोइराला समूहले पाउनुपर्ने उनको भनाइ छ । उनी थानी निकट नेता हुन् ।
उम्मेदवारका लागि सुर्खेतमा तीव्र प्रतिस्पर्धा रहे पनि खड्का र थानीबीच मेलमिलाप नभए गठबन्धनलाई एमालेले पाखा लगाउन सक्ने चिन्ता कांग्रेसका दुवै समूहका कार्यकर्ताहरू बताउँछन्।.
प्रकाशित मिति: २९ भाद्र २०७९, बुधबार २०:२३