सुर्खेत, भदौ २२– आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुर्खेत सहित कर्णालीमा उम्मेदवार सिफारिससँगै चुनावी चहलपहल पनि सुरु भएको छ ।ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेका छन।
सिफारिस भएका सम्भावित उम्मेदवारको सूचीमा केही नयाँ अनुहार भएपनि अधिकांश पुरानै अनुहार रहेका छन।प्रमुख दलहरुले पुरानै अनुहार पुन सिफारिस गरेपछि सामाजिक संञ्जालहरुमा आलोचना समेत भएको छ।नेपाली कांग्रेसले सुर्खेत क्षेत्र नं १ मा केन्द्रिय उपसभापति पूर्णबहादुर खड्काको नाम सिफारिस गरेको छ।
क्षेत्र नं २ मा निवर्तमान केन्द्रिय सदस्य हृदयराम थानी सहित चारजनाको नाम सिफारिस गरिएको छ।सिफारिसमा पर्नेमा श्याम भारती, टि एन योगी निरञ्जन केशी, कलम बहादुर खत्री रहेका छन। नेकपा एमाले पनि जिल्लाका दइवटै प्रतिनिधिसभा र चार वटै प्रदेशसभा सदस्यमा उम्मेदवारको नाम सिफारिस गरेको छ।
एमालले क्षेत्र नं १ मा पुर्व जिल्ला अध्यक्ष धुर्व शाही सहित तिन जनाको नाम सिफारि गरिएको छ।यस्तै क्षेत्र नम्बर २ बाट जिल्ला अध्यक्ष अमृतबहादुर बिसी,उपाध्यक्ष कुलमणी देवकोटा र जिल्ला कमिटी सदस्य तुल्सी कडेलको नाम सिफारिस भएको छ।
यस्तै उम्मेदवारको सिफारिससँगै आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्ष्य गरेर सुर्खेतमा राजनीतिक दलको चुनावी चहलपहल सुरू भएको छ।
राजनीतिक दलहरुले गाँउगाँउमा चुनाव केन्द्रीत राजनीतिक गतिविधि सञ्चालन गर्न थालेका छन्।ठुलादहरुमा प्रदेश सभा सदस्यमा उम्मेद्वारका आकंक्षा धेरै भएपछि एउटै क्षेत्रबाट धेरैजनाको नाम सिफारिस गरिएको छ।नेपाली कांग्रेसले आजदेखी जनताको साथमा कांग्रेस अभियान शुरु गरेको छ।कांग्रेसले आज पश्चिम सुर्खेतमा एक कार्यक्रमको आयोजना गरेर अभियान शुरुवात गरेको छ।अभियानलार्इ नेपाली कांग्रेसका केन्द्रिय सदस्य संञ्जय गौतम निर्वतमान केन्द्रिय सदस्य हृदयराम थानी लगाएतले सम्बोधन गर्नुभएको छ।
सुर्खेतका दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन जित्ने सङ्कल्पका साथ जिल्लाका ९९ वडामा जनतासँग कांग्रेस अभियान सञ्चालन गरेको हो।आगामी निर्वाचन जित्ने सङ्कल्प बोकेर जनतासँग कांग्रेस अभियान सञ्चालन गरे पनि जिल्लाका अधिकांश नेताहरू गठबन्धनका कारण समस्या रहेको बताएका छन।अघिल्लो निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा सुर्खेतका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामा पराजित बेहोरेको कांग्रेसले यस पटक भने त्यसको बदला लिने गरी तयारी गरेको जनाएको छ।यता नेकपा एमालले पनि अहिले भेला गोष्ठी लगायत निर्वाचन लक्षित कार्यक्रमगर्दै आएको छ।
प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार १७:२५