नेपाल भारतमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबलबाट बाहिरिएको छ ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा मंगलबार साविक विजेता भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले हराएसँगै नेपाल बाहिरिएको हो ।
भारतको जितमा गुर्किरात सिंहले निर्णायक गोल गरे । उनले खेलको ९० औं मिनेटमा गोल गरे ।
यस्तै खेलको इन्जुरी समयमा भारतका पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाए । थ्रो गर्न ढिलाई गरेपछि रेफ्री प्रज्वल क्षेत्रीले उनलाई पहेलो कार्ड दिएका थिए ।
तर, रेफ्रीविरुद्ध अपशब्द प्रयोग गरेपछि प्रज्वलले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । अब उनले फाइनल खेल गुमाउने छन् ।
यस जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भारत दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो ।
भारतले ४ खेलमा ९ अंक जोड्यो ।
अब भारतले उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
बंगलादेश शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेशले ४ खेलमा १० अंक जोड्यो ।
नेपाल ४ खेलमा ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।
नेपालले मंगलबार जित्ने पर्ने खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेलेको थियो ।
प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार ०८:०५