पीसीआर र एन्टिजेन गरी तीन हजार ४५ जनाको नमुना परीक्षण गर्दा एक सय २१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा ६ सय ७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
थप १० हजार पाँच सय ६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएको छ ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ९५६ पुगेको छ ।