मुगु । मुगुका आगलागी पीडित परिवारलाई ८ लाख बढीको सहयोग गरिएको छ । मनकारी गैर सरकारी सस्थाहरु र व्यक्तिहरुको सहयोगबाट प्राप्त खाद्यन्न तथा लत्ता कपडाहरु आगलागी पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण गर्न पीडित परिवार बसेको पाल मै पुगेका ददिराम कुमाई, मनमान बुढा र रजनी भामले आफुहरुले संकलन गरेको ८ लाखभन्दा बढी मुल्यको सहयोग गरिएको बताउनु भयो ।
आगलागी पीडित ८३ जना परिवारलाई प्रति परिवार ३० केजी चामल, कम्बल र म्याट वितरण गरिएको थियो ।
सहयोग सामग्री पीडित परिवारलाई हस्तान्तरण गर्नुहुदै छायाँनाथ रारा नगरपालिकाका उपप्रमुख सुन्तला रोकायाले पीडित परिवारलाई जिन्सी र खाद्यन्न भन्दा अब घर निर्माण कार्यमा सहयोग पुग्ने निर्माण सामग्री र नगद सहयोगमा दाता तथा सरकारले ध्यानदिनु पर्ने बताउनु भयो ।
आगलागी पीडित परिवारको सहयोगका लागी दावाछिरिङ्क लामाबाट २० हजार, दावा छिरिङ्ग जिग्मे तोर्चे लामाबाट २० हजार, खारी गाउँका १३ घरबाट २७ हजार, मनमान बुढाबाट २० हजार बराबरको वत्ती र एनसिएनएफ नेपाल, एनसिएफ नेपालबाट ८ लाख बराबरको कम्बल, चामल र म्याट सहयोग गर्नु भएको समाजसेवी रजनीभामले बताउनु भयो ।
गत कात्तिक २९ गते राती १२ बजे मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी हुदा २१ घर जलेर खरानी भएका थिए भने ति घरमा व्यवसाय गरेका र भाडामा बसेकाको व्यापारीक तथा घरयसी सामान समेत नष्ट हुँदा ३५ करोड बढीको क्षती भएको थियो ।
आगलागी पिडित परिवारहरु मध्ये हाल ८ परिवार प्रदेश सरकारले उपलब्ध गराएको पालहरुमा र भाडामा कोठालिएर बस्दै आएका छन् ।
प्रकाशित मिति: २५ पुष २०७८, आईतवार १२:०८