काठमाडौं । नेपालमा काेराेना भाइरसका ४९० जना सङ्क्रमित थपिएका छन् । सात हजार १४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४९० जना सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दुई हजार ६०१ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ५९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३८८ पुगेको छ । नेपालमा हाल १० हजार १५१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: १२ कार्तिक २०७८, शुक्रबार १८:३७