काठमाडौं । नेपालमा काेराेना भाइरसका ४७० जना सङ्क्रमित थपिएका छन् । छ हजार ५८६ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० जना सङ्क्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । एक हजार ९६३ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७५ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा ७२६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । हाल देशभर ११ हजार ३१५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: ४ कार्तिक २०७८, बिहीबार १९:२८