काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कोका–कोला फाउन्डेशनको साथमा कोभिड–१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउनको लागि साझेदारी गरेको छ । यो साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपाँगता भएका व्यक्तिहरुलाई खोप लगाउनको लागि यातायात सुविधा प्रदानगर्नु हो ।
यस सन्दर्भमा, श्रावण २१ गते महाराजगञ्जको शिक्षण अस्पतालमा हस्तान्तरण समारोह आयोजितगरिएको थियो जहाँ नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णीकर र कोका–कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा रमेश महारनांकलाई सुरक्षा सामग्री हस्तान्तरण गर्नुभयो ।
साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरीएको छ । वितरणमा १२,५०० सर्जिकलमास्क, ५०००जोडी पन्जा, र ९६० सेनिटाइजर बोतल सामेल छन् ।
यसबाहेक, संयुक्तपहलमा नेपाल भरका १० जिल्लाहरुमा गरिएको छ जहाँ ३१,००० भन्दा बढी लाभार्थीहरु नेपाल सरकारद्वारा संचालित खोप केन्द्रहरुबाट पुगिसकेका छन् । यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र वागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुंग, र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाहरुमा गरिएको छ ।
नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिकहरु, स्वास्थ्यकर्मीहरु र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् ।
“नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने, अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी, स्वयंसेवकहरुको संरक्षण गर्न र “स्टप द स्प्रेड”अभियानलाई मुर्तरुप दिने एउटा प्रयास हो ।” नेपाल रेडक्रस स्वास्थ्य सेवा बिभागका निर्देशक डा मनिता राजकर्णिकार ले भन्नु भयो ।
नेरेसो संगको सहकार्य कोका–कोलाको “स्टप द स्प्रेड”अभियानको एक हिस्सा हो । नेपालमा कोभिड—१९ को फैलावट रोक्न मद्दत पुर्याउन, भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यव्रmमहरु निर्माण गर्न नेपाली रु २.४ करोडको प्रारम्भिक योगदानको सहयोग गरिदै यस क्यामपियनलाई वर्षको सुरुमा घोषणा गरिएको थियो ।
प्रकाशित मिति: २४ श्रावण २०७८, आईतवार २०:२३