काठमाडौं । नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ५०८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सङ्क्रमणको साे संख्या पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा चारसय जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६१ हजार ४४४ जना सङ्क्रमित निको भइसकेका छन् ।
हाल तीनहजार ९१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ३२२ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साे संख्यासँगै हालसम्म एक हजार ९५९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: ४ माघ २०७७, आईतवार २०:४०