सुर्खेत । कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसका परीक्षणका लागि ४२ हजारभन्दा बढीको पिसिआर परीक्षण गरिएको छ । कर्णाली प्रदेशमा हालसम्म ४२ हजार ६१६ जनाको पिसिआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
कर्णाली प्रदेशमा हालसम्म प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, दैलेख र रुकुम पश्चिम गरी चार ठाउँबाट परीक्षण गर्ने गरिएको छ । महाशाखाका अनुसार कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेशन प्रयोगशाला सुर्खेतबाट हालसम्म १९ हजार ५०९ जनाको परीक्षण गरिएको छ । जसमा १८ हजार ३९ जनाको कोरोना नेगेटिभ देखिएको छभने एक हजार १८५ मा कोरोना पोजेटिभ देखिएको छ । बिहीवार मात्रै २२३ को परीक्षण गरिएको छ । जसमा २२१ जनाको कोरोना नेगेटिभ देखिएको छभने २ जनालाई पोजेटिभ देखाएको छ ।
यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाबाट हालसम्म १८ हजार ८५७ कोरोना परीक्षण गरिएको छ । जसमा १८ हजार ३३ जनामा कोरोना नेगेटिभ देखिएको छभने ४७७ जनालाई कोरोना पोजेटिभ देखिएको छ । विहीवार ४७ जनाको परीक्षण गरिएको छ । जसमा ४५ जनाको कोरोना नेगेटिभ देखिएको छभने २ जनालाई पोजेटिभ देखाएको छ ।
यस्तै दैलेख अस्पतालमा २ हजार ४५७ कोरोना परीक्षण गरिएको छ । जसमा २ हजार २५३ जनालाई कोरोना नेगेटिभ देखाएको छभने १६९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । विहीवार ७६ जनाको परीक्षण गरिएको छ । जसमा सवैको नेगेटिभ नतिजा देखाएको छ ।
रुकुम चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा १७ सय ९३ परीक्षण गरिएको छ । जसमा १७ सय ५० जनालाई कोरोना नेगेटिभ देखिएको छभने २६ जनालाई कोरोना पोजेटिभ देखिएको छ । मंगलवार १२९ जनाको परीक्षण गरिएकोमा सवैको नतिजा नेगेटिभ देखाएको छ ।
सक्रिय संक्रमित १२६ जना
कर्णालीमा कोरोनाका १२६ जना सक्रिय बिरामी आइसोलेसन सेन्टरमा बसेका छन् । जसमा सुर्खेतका २६ जना, दैलेखका ७७ जना, जाजरकोटका ७ जना, सल्यानका ११ जना, रुकुम पश्चिमका २ जना, कालीकोटका २ जना, मुगुका १ जना रहेका छन् । उनीहरु सम्बन्धित जिल्लाका विभिन्न आइसोलेशनहरुमा बसेका छन् । जुम्ला, हुम्ला र डोल्पामा संक्रमित शुन्य रहेका छन् ।
कोरोना जित्नेहरु १८ सय बढी
कर्णालीमा हालसम्म कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १८ सय नाघेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कोरोनालाई जितेर घर जानेहरुको संख्या एक हजार ८०८ जना रहेका छन् ।
नयाँ चार जना संक्रमित
कर्णालीमा बिहीवार नयाँ ४ जना कोरोनाका संक्रमितहरु फेला परेका छन् । प्रदेश अस्पताल÷ पशुपन्छी रोग अन्वेशन प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १ जना, दैलेखका १ जना बिरामी फेला परेका छन्भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा मुगुका १ जना र जुम्लाका १ जना नयाँ बिरामी फेला परेका हुन् । महाशाखाका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।
प्रकाशित मिति: २२ श्रावण २०७७, बिहीबार २१:३३