सुर्खेत । कोरोना महामारी विरुद्धकाे अभियानमा सहयाेग गर्ने क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानी
शुक्रबार सुर्खेत निवार्चन क्षेत्र नम्बर २ अन्तर्गतकाे चिङगाड गाउँपालिका पुग्नु भएकाे छ ।
स्थानीय सरकारकासाथै आम नागरिकलाई काेराेनाबाट बच्न हौसला प्रदान गर्न राहत सहयोग सहित गाउँपालिकाकाे कार्यालयमा पुग्नु भएका कांग्रेस केन्द्रीय सदस्य थानीले अध्यक्ष देवबहादुर चन्दलाई २५ हजार नगद तथा मास्क, सेनिटाइजर, साबुन लगायतका स्वास्थ्य सामग्री प्रदान गुर्न भएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हौसला दिन नगद तथा स्वास्थ्य सामग्री लिएर कांग्रेस केन्द्रीय सदस्य थानी सहित कांग्रेस जिल्ला सभापति कमलराज रेग्मी, निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सहसभापति नारायण कुमार काेइराला, जिल्ला समन्वय समिति सुर्खेतका सदस्य बिरसिंह घर्ती, नेपाली कांग्रेस क्षेत्र नम्बर २ प्रदेश (क) का सदस्य ललित भट्टराई सहितको टोली पुगेको थियो ।
कांग्रेस युवा नेता थानीले यसअघि सुर्खेतका ९ स्थानीय तह मध्ये गुर्भाकोट, भेरीगंगा, लेकवेशी नगरपालिका, सीम्ता गाउँपालिका, पञ्चपुरी नगरपालिका, चौकुने गाउँपालिका र बराहताल गाउँपालिका गरी ७ स्थानीय तहमा २५ हजारका दरले नगद र मास्क, सेनिटाइजर र साबुन लगायतका स्वास्थ्य सामग्री प्रदान गर्नु भएको थियो ।
प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार २०:१५