काठमाडौँ । नेपाली कांग्रेस कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं आवश्यक दृष्टिकोण निर्माण गर्न ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेकाे छ ।
विगतमा अर्थ मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सक्नु भएका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरि रहनु भएका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर विगतमा नेतृत्व गरिसक्नु भएका विशेषज्ञ समेतकाे सहभागिता रहने गरि नेपाली कांग्रेस ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गरेकाे हाे ।
पूर्व अर्थ मन्त्री डा. रामशरण महत संयाेजक रहेकाे ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ १४ सदस्यीय समितिकाे सदस्यहरुमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले रहुनभएकाे छ ।
समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा वुधबार जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रकाशित मिति: २४ बैशाख २०७७, बुधबार १४:१२