मिक्लाजुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप लगाउनुभएको छ ।
कांग्रेसले पाँचथरको फाल्गुनन्द–१ स्थित नवमीडाँडा आज आयोजना गरेकोे आमसभालाई सम्बोधन गर्दै उहाँले सरकाले राष्ट्रवादको नारा दिएपनि त्योअनुसार काम गर्न नसकेको आरोप लगानुभएको हो ।
“कूटनीतिक र वार्ताको माध्यमद्वारा सरकारले तत्काल सीमा विवाद समाधान गर्नुपर्छ, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि रहेको छ ।”
वरिष्ठ नेता पौडेलले अब मंसिर १४ गते हुने उपनिर्वाचनमा लोकतन्त्रलाई बचाउन पनि कांग्रेसलाई विजय गराउन आम मतदातालाई आग्रह गर्नुभयो ।
उहाँले अहिले फाल्गुनन्दमा हुने उपनिर्वाचनमा नेकपाका मन्त्री तथा सांसदहरुले नै आचारसंहिता उल्लङ्घन गर्ने किसिमका कार्यक्रम गरिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नेपाली कांग्रेस अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले अब हुन लागेको उपनिर्वाचनमा उम्मेदवारलाई विजयी गराउन पार्टीका सबै तहका नेता कार्यकर्तालाई कटिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।
पार्टीका नेता धनराज गुरुङ, रामहरि खतिवडा, बद्री पाण्डे, गुरुराज घिमिरेलगायतका नेताहरुले लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनका लागि कांग्रेसलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो । रासस
प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार १८:५३