सुर्खेत । ऐतिहासीक तथा पुरातात्वीक महत्वको पर्यटकीय क्षेत्रको रुपमा परिचित सुर्खेतको काँक्रेविहारमा घोडसवारीका कारण आन्तरिक पर्यटकको घुँइचो लाग्न थालेको छ । पर्यटकीय क्षेत्र काँक्रेविहारमा घुम्न आउने पर्यटकहरुलाई घोडसवारी सुरुगरेपछि पर्यटकहरुको घुँइचो लाग्न थालेकाे हाे ।

पुरानो शिखर शैलिमा निमार्णको अन्तिम चरणमा रहेको काँक्रेविहार परिसर घुम्न स्थानिय निकायले घोडसवार संचालन गरेपछि घोडा चढ्नेको संख्यामा बृद्धि भएको स्थानियले बताएका छन् ।
वीरेन्द्रनगर ९ वडा कार्यालयको सहयोगमा काँक्रेविहार क्षेत्रभित्र घोडाहरूमार्फत् यात्रा गर्न पाइने व्यवस्था गरिएको हो । पर्यटन प्रवर्द्धनमा सहयोग र्पुयाउने उद्देश्यले घोडामा पर्यटक पठाउन सुरू गरिएको वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धरले जानकारी दिनु भयाे । उहाँका अनुसार सोमबार दुई वटा घोडा चढेर पर्यटक काँक्रेविहार पुगेका थिए ।
अध्यक्ष मानन्धरले घोडामा पर्यटक ओसार्न ७ सदस्यीय समिति बनाइएको बताउनु भयाे । उहाँले घोडामा पर्यटक घुमाउन चाहनेले आफ्नो घोडासहित समितिमा आवद्ध हुनुपर्ने जनाउनु भयो ।
काँक्रेविहार मन्दिर वरिपरिको बाटोमा घोडामा घुमेको तीन सय रुपैयाँ लाग्ने अध्यक्ष मानन्धरले जानकारी दिनु भयो । उहाँका अनुसार जंगल सफारी गरे पाँच सय रुपैयाँ तिर्नुपर्नेछ ।
उहाँले वडाको घोडा सवार कार्यक्रम पर्यटकहरुकालागि आकर्षणको केन्द्र भएको बताउँदै घोडा व्यवस्थापन समितिलाई पर्यटकहरुको सेवामा ईमान्दारिता पूर्वक काम गर्न अनुरोध गर्नुभयो ।
२ वटा घोडाले काँक्रेविहारको विभिन्न स्थानमा सशुल्क घुम्ने व्यवस्था मिलाइएकाे छ । आवश्यकता अनुसार व्यवस्थपन समितिले घोडा थप गर्ने अध्यक्ष मानन्धरले बताउनु भयाे । वडा अध्यक्ष मानन्धरले भन्नु भयाे ‘घोडा सवार कार्यक्रमले यूवाहरुमा रोजगार पनि हुने र पर्यटकहरुलाई काँक्रेविहार घुम्न सहज पनि हुनेछ, कसैले घोडा किनेर चलाएर व्यवसाय गर्छु भनेपछि युवाहरुलाई रोजगारी हुने भयो ।’
प्रकाशित मिति: ५ श्रावण २०७६, आईतवार १४:३८