सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारको मुख्य चोकमा स्व.राजा वीरेन्द्रको सालिक राख्ने, नराख्ने विषयमा विवाद हुँदा उक्त चोक अलपत्र अवस्थामा रहेको छ । २०६२-०६३ को जनआन्दोलनमा वीरेन्द्रचोकमा रहेको तत्कालीन राजा वीरेन्द्रको सालिक भत्काइएको थियो । भत्किएको चोकले नगरको सोभानै विग्रेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले निमार्ण गर्ने प्रयास गरेपनि यहाँका स्थानियले वीरेन्द्रको सालिक राख्नुपर्ने भन्दै निमार्ण कार्यमा अवरोध पु¥याउन थालेपछि काम रोकिएकाे छ ।
चोकको स्वरुप परिवर्तन गरि निमार्ण गर्न थालेपछि वीरेन्द्रनगरका स्थानियले पटक पटक अवरोध गरेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
वीरेन्द्रचोक निमार्णका बारेमा बसेको स्थानियको भेलाबाट स्व. राजा विरेन्द्रको सालिक राख्नु पर्ने भनिए पनि स्थानिय राजनीतिक दलहरुले सालिक नराखेर बनाउनु पर्ने भनेपछि वीरेन्द्रचोक अलपत्र अवस्थामा रहेको वडा अध्यक्ष मोती प्रसाद कंडेलले बताउनु भयो । वीरेन्द्रचोकमा राजाको सालिक राख्ने कुरामा राजनीतिक दलहरुले असहमति जनाएको उहाँको भनाई छ । उहँका अनुसार स्थानिय राजनीतिक दलहरुले सालिक राख्ने विषयमा असहमति जनाउने र स्थानियले सालिक नभए निमार्ण गर्न नदिएकै कारण वीरेन्द्रचोक बन्न सकेको छैन । पछिल्लो समयमा वीरेन्द्रचोकलाई पानीको फोहोरासहितको बगैँचा बनाइ थप सुन्दर बनाउने योजना सहित बनाउदाँ स्थानियले अवरोध गरेपछि काम अघि बढ्न नसकेको वडा अध्यक्ष कंडेलले जानकारी दिनु भयो ।
सालिकले पुर्खाको इतिहास झल्किने भएकाले वीरेन्द्रचोकमा स्व.राजा वीरेन्द्रको सालिक राख्नु पर्ने स्थानियको भनाई छ । व्यवस्था परिवर्तन भइसकेको अवस्थामा स्व.राजा वीरेन्द्रको सालिक राख्दा राजतन्त्रनै आउने सोच दलहरुले परिवर्तन गर्नुपर्ने स्थानिय पदम बनले बताउनु भयो । उहाँले राजधानीकै नाम वीरेन्द्रनगर भएकाले वीरेन्द्रचोकमा स्व.राजा वीरेन्द्रको सालिक राख्दा वीरेन्द्रनगरको सोभा बढ्ने बताउनु भयो ।
इतिहास जोगाउन तत्कालिन राजा वीरेन्द्रको सालिक राखिनुपर्ने दवाव आउन थालेपछि विवाद चुलिदै गएको छ । वीरेन्द्रचोकलाई आकर्षक बनाउने भन्दै दुई पटक बनाउने प्रयास गरिएको पनि हो । तर सालिक राख्नु पर्ने र हटाउनु पर्ने बिच सहमति हुन नसक्दा अहिले भग्नावशेषका रुपमा रहेको छ ।
वीरेन्द्रचोक बनाउन राजनीतिक दलहरुबिच सालिक नाराखी निमार्ण गरिनुपर्ने सहमति भएपनि स्थानियले वीरेन्द्रचोकको सालिकसहितको चोक बनाउनुपर्ने दवाव दिन थालेपछि नगरपालिका पनि बनाउने पक्षमा देखिएको छैन ।
व्यवस्था परिवर्तन सहित सालिक परिवर्तन हुनुपर्ने दलहरुको मानसिक्ता भएका कारण वीरेन्द्रचोक निमार्ण हुन नसकेको स्थानियको भनाई छ ।
प्रकाशित मिति: २१ असार २०७६, शनिबार ११:५२