सुर्खेत । सुर्खेतस्थित उत्तर पश्चिम पृतना सुर्खेतले आयोजना गरेको पृतनापति ट्रफी दाङको १९ बाहिनी अड्डाले जितेको छ । असार ६ गतेदेखि सुरु भएको सो प्रतियोगितामा विभिन्न ८ वटा खेलहरु खेलाइएका थिए । सुर्खेतमा ६ वटा र दुई वटा दाङमा खेलाइएको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत बक्सिङ खेल तर्फ नन्दाबक्स गण, बास्केटवल तर्फ सबुज गण, एथ्लेटिक्सतर्फ नयाँ सबुज गण, स्वीमिङतर्फ ज्वालादल गण, भलिवलतर्फ नयाँ सबुज गण, तानडोरीतर्फ नन्दाबक्स गण र तेक्वान्दोतर्फ नयाँ सबुज गण बिजयी भएका छन् ।
यसैगरी समापनको क्रममा संचालित नयाँ सबुज गण र नन्दाबक्स गणबीच भएको फुटवल फाइनल खेलमा नन्दाबक्स गण ३–० ले बिजयी भएको छ ।
साथै १९ बाहिनी अड्डा पृतनापति ट्रफी २०७६ को बिजयी टिम घोषित भएको छ । समापन समारोहमा सर्वोत्कृष्ट खेलाडी तथा बिजयी टिमहरुलाई उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी सरोज प्रताप राणा, नेपाल प्रहरी कर्णाली प्रदेशका नायब महानिरीक्षक पूर्णचन्द्र जोशी तथा सशस्त्र प्रहरी बल नेपाल, नं. ६ महेश्वरी बाहिनी मुख्यालय, नायव महानिरीक्षक प्रजाभक्त श्रेष्ठले शिल्ड, मेडल तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
उपरथी राणाले खेलकुदले संगठनमा अनुशासन कायम राख्न भाइचाराको सम्बन्धमा बृद्धि गर्न अहम् भूमिका निर्वाह गर्नुका साथैै भबिष्यमा संचालन हुने राष्ट्रियस्तरका खेलकुदको लागि खेलाडी उत्पादन गर्न समेत थप मद्दत पुग्ने बताउनु भयो ।
प्रकाशित मिति: २० असार २०७६, शुक्रबार १५:०१