विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले विश्वास जित्नेगरी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल महिला संघको मोरङको दुुई दिने प्रशिक्षण कार्यक्रमको आइतबार विराटनगरमा उद्घाटन गर्दै उनले कांग्रेसप्रति जनताका विश्वास जोडिएकोले समयसापेक्ष रुपमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औल्याए ।
वरिष्ठ नेता पौडेलले पार्टीलाई संगठित वनाउन कांग्रेस पार्टीको महाधिवेशन समयमा हुुनुुपर्ने अन्यथा संगठन कमजोर हुने वताए । उनले विगतमा निर्वाचनमा पार्टीभित्रको आन्तरिक अन्तरद्धन्दका कारण पराजय भोग्नुु परेकाले तोकिएको समयमा पार्टीको महाधिवेशन गरेर कांग्रेसलाई वलियो वनाउनुुपर्ने आवश्यक्तता औल्याए ।
नेपाली कांग्रेसका महामंत्री डा संशाक कोइरालाले पार्टीभित्र हरेक तहमा महिलाहरुलाई ५० प्रतिशत आरक्षण हुुनुुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण सिटौलाले नेतृत्वतहको अन्तरकलहका कारण पार्टी कमजोर भएको वताउदै कांग्रेसभित्र रहेको विश्वासको संकट नेतृत्वतहले सच्याउनुुपर्ने आवश्यक्तता औल्याए ।
कांग्रेस केन्द्रीय सदस्य डा रामशरण महतले कांग्रेस महासमितिले गरेको निर्णयलाई केन्द्रिय समितिले उल्टाउन नमिल्ने बताए । यसैगरी अर्का केन्द्रीय सदस्य महेश आचार्यले संवैधानिक अङ्गमा सरकारले हस्तक्षेप गरेको आरोप लगाए । केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको विधान विपरित कांग्रेस नेतृत्वले अलोकतान्त्रिक काम गरेकै कारण कारण पार्टीले दुरावीस्था भोग्नु परेको बताए ।
केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले सरकार लोकतान्त्रिक मुुल्य मान्यतालाई विर्सेर अघि वढेकाले सही वाटोमा ल्याउने कार्य गरिरहेको बताए । कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, गुुरुराज घिमिरे, हसन अन्सारी लगायतले पार्टी भित्र आन्तरिक एकतमा जोड दिएका थिए ।
नेपाल महिलासंघ मोरङ सभापति शान्ता पौडेलको सभापत्विमा भएको कार्यक्रममा पुुर्व मंत्री कमला पन्त, काठमाण्डौ महानगरपालिका उपप्रमुुख हरिप्रभा खडगी, महिलासंघ झापा सभापति सुुशिला ढकाल, सुुनसरी सभापति विजया कटुुवाल, संखुुवासभा सभापति निरु वस्नेत, महिला संघ सचिव प्रमिला थापाले पार्टीमा महिला सहभागिता विशेष ध्यान दिन पर्नेमा जोड दिएका थिए ।
प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार ०७:५४