काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षलाई ‘युवा परिचालन वर्ष’का रुपमा सञ्चालन गर्ने भएको छ । सरकारका तर्फबाट प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको प्रवद्र्धन, नेतृत्व विकास र सामाजिक आर्थिक विकासमा परिचालन गर्न आगामी आर्थिक वर्षमा
युवा परिचालन वर्ष सञ्चालन गरिने भएको हो ।
फाइल फाेटाे“राष्ट्रिय हितप्रति समर्पित युवा जनशक्ति विकास र परिचालनका लागि राष्ट्रिय सेवा दलको भूमिकालाई स्थानीयस्तरसम्म विस्तार गरिनेछ” नीति तथा कार्यक्रममा भनिएको छ, “युवाको आर्थिक–सामाजिक सशक्तीकरण गर्न उद्यमशीलता विकास एवं प्राविधिक तथा व्यावसायिक तालीम उपलब्ध गराइनेछ ।”
यसैगरी सरकारले सरकारी, निजी तथा गैरसरकारी क्षेत्र, नागरिक समाज र नेपाल स्काउटबाट मानवीय सेवा, विपद् व्यवस्थापन एवं राष्ट्रिय विकास निर्माण कार्यमा स्वयंसेवकको परिचालन गरिने उल्लेख गरिएको छ ।
तीन लाख युवा स्वरोजगार
यसैबीच सरकारले पाँच वर्षभित्र तीन लाख युवालाई स्वरोजगार बनाउने भएको छ । वित्तीय सेवाको विस्तार गरी आगामी एक वर्षभित्र ५० हजार र पाँच वर्षभित्र तीन लाख युवालाई स्वरोजगार बनाइने नीतिमा उल्लेख छ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले सरकारको नीति तथा कार्यक्रमले युवालाई स्वरोजगार बनाउन सहयोग गर्ने बताए ।
उनले अनुदानबाट ऋण प्रवाह गरेर ती युवालाई स्वरोजगार बनाइने जानकारी गराउ । अहिले कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवा छन् ।
युवा उद्यमीलाई व्यवसाय सञ्चालनका लागि शुरुआती पूँजीलगायतका सुविधा विस्तार गरी प्राविधिक, व्यावसायिक र सीपमूलक तालीम उपलब्ध गराई स्वदेशमा नै रोजगारीका लागि युवालाई आकर्षित गरिने नीतिमा उल्लेख छ ।
प्रकाशित मिति: २१ बैशाख २०७६, शनिबार १४:१७