काठमाडौँ । नेपाली कांग्रेसले वैशाख ११ देखि जेठ ११ गतेसम्म गर्न लागेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले एक महीनाका लागि गर्न लागेको जागरण अभियानलाई भव्यताका साथ सम्पन्न गर्न सबै जिल्लामा प्रतिनिधि खटाएको जानकारी दिए ।
कांग्रेसले प्रदेश १ का १४ जिल्ला, प्रदेश २ का आठ जिल्ला, प्रदेश ३ का १३ जिल्ला, गण्डकी प्रदेशका ११ जिल्ला, प्रदेश ५ का १२ जिल्ला, कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा प्रतिनिधि खटाएको हो । प्रतिनिधि खटाउँदा कांग्रेसले प्रतिनिधिले गर्नुपर्ने सैद्धान्तिक र व्यवहारिक दायित्वबारे जिम्मेवारी पत्र प्रदान गरेको छ । कांग्रेसले प्रतिनिधि पठाउँदा पार्टीका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई खटाएको छ ।
हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको वैशाख ११ मा प्रारम्भ भई जेठ ११ मा सम्पन्न हुने प्रथम चरणको कार्यक्रमका लागि
७७ जिल्लामा खटाइएका प्रतिनिधिहरुकाे नाम समेत सार्वजनिक गरिएकाे छ । जसमा जागरण अभियानमा प्रतिनिधिहरुले सम्पादन गर्नुपर्ने सैद्धान्ति र व्यवहारिक दायित्व बारे जिम्मेवारी पत्र प्रतिनिधिहरुलाई प्रदान गरिएको छ । कांग्रेसकाे एक महीने राष्ट्रिय जागरण अभियानमा खटाइएका प्रतिनिधिहरु निम्न बमाेजिम रहेकाे कांग्रेसद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रदेश नं. १ का १४ जिल्ला
ताप्लेजुङ सरिता प्रसाई
पाँचथर लक्ष्मी परियार
इलाम अमृत अर्याल
संखुवासभा सिता गुरुङ
तेह्रथुम हसन अन्सारी
धनकुटा डा. नारायण खड्का
भोजपुर रामहरि खतिवडा
खोटाङ उदयशम्शेर राणा
सोलुखुम्बु लक्ष्मी राई
ओखलढुंगा मिनाक्षी झा
उदयपुर प्रदीप गिरी
झापा ज्ञानेन्द्रबहादुर कार्की
मोरङ कृष्णप्रसाद सिटौला
सुनसरी महेश आचार्य
प्रदेश नं. २ का ८ जिल्ला
सप्तरी आनन्दप्रसाद ढुंगाना
सिरहा महेन्द्र यादव
धनुषा बलबहादुर के.सी.
महोत्तरी चित्रलेखा यादव
सर्लाही महालक्ष्मी उपाध्याय ‘डिना’
रौतहट रमेश रिजाल
बारा प्रकाशमान सिंह
पर्सा फरमूल्लाह मन्सुर
प्रदेश नं. ३ का १३ जिल्ला
दोलखा रामकृष्ण यादव
रामेछाप किरण यादव
सिन्धुली डा. रामशरण महत
काभ्रेपलाञ्चोक डा. शेखर कोइराला
सिन्धुपाल्चोक अम्बिका बस्नेत
रसुवा जीवन परियार
नुवाकोट मीन विश्वकर्मा
धादिङ प्रदीप पौडेल
चितवन रमेश लेखक
मकवानपुर अर्जुननरसिंह के.सी.
भक्तपुर डा. मिनेन्द्र रिजाल
ललितपुर सुरेन्द्रराज पाण्डे
काठमाडौं बालकृष्ण खाँण
गण्डकी प्रदेशका ११ जिल्ला
गोरखा ध्यानगोविन्द रञ्जित
लम्जुङ कमला पन्त
तनहुँ नविन्द्रराज जोशी
कास्की अर्जुनप्रसाद जोशी
मनाङ कृष्णचन्द्र नेपाली
मुस्ताङ बहादुरसिंह (लामा) तामाङ
पर्वत चिनकाजी श्रेष्ठ
स्याङजा गोविन्द भट्टराई
म्याग्दी शुक्रराज शर्मा
बाग्लुङ शंकर भण्डारी
नवलपुर (बर्दघाट सुस्तापूर्व) दिपक गिरी
प्रदेश नं. ५ का १२ जिल्ला
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) राधेचन्द्र यादव
रुपन्देही पुष्पा भुसाल
कपिलवस्तु हरिप्रसाद नेपाल
पाल्पा बालकृष्ण पाण्डे
अर्घाखाँची दिपकुमार उपाध्याय
गुल्मी अजयकुमार चौरसिया
रूकुम (पूर्वी भाग) रत्न शेरचन
रोल्पा मानबहादुर विश्वकर्मा
प्यूठान शिवराज जोशी (सुर्खेत)
दाङ मोहनबहादुर बस्नेत
बाँके श्यामकुमार घिमिरे
वर्दिया डा. डिला संग्रौला
कर्णाली प्रदेशका १० जिल्ला
रूकुम (पश्चिम भाग) राजनप्रसाद पन्त
सल्यान पार्वता डी.सी. चौधरी
डोल्पा कुमार खड्का
जुम्ला रमा पौडेल
मुगु दिनवन्धु श्रेष्ठ
हुम्ला हृदयराम थानी
कालिकोट डा. चन्द्र भण्डारी
जाजरकोट धु्रव वाग्ले
दैलेख दिलबहादुर घर्ती
सुर्खेत जीवनबहादुर शाही
सुदूर पश्चिम प्रदेशका ९ जिल्ला
बाजुरा दिलेन्द्रप्रसाद बडू
बझाङ मनमोहन भट्टराई
डोटी शिवप्रसाद हुमागाँई
अछाम गगनकुमार थापा
दार्चुला अतहर कमाल मुसलमान
बैतडी किरणराज शर्मा पौडेल
डडेल्धुरा बीरबहादुर बलायर
कञ्चनपुर गुरुराज घिमिरे
कैलाली एन.पी. साउँद
प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार २२:४४