सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेत शाखाको ७ औं अधिवेशन एवं १७ औं बार्षिक साधारणसभा बुधवार सम्पन्न भएको छ । अधिवेशनले पुनः नरेश सिंह थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिका साथै प्रदेश पार्सद र केन्द्रीय पार्सद पनि सर्वसम्मत चयन भएका छन् ।
जिल्ला समितिको समावेशी उपाध्यक्षमा अशोक राजी, सचिवमा मधुवन विसी, सहसचिवमा टेकराज केसी, महिला सहसचिवमा मनिषा गुरुङ, कोषाध्यक्षमा डिलु रावत चयन भएका छन् । यस्तै सदस्यहरुमा नवीनकुमार शाही, बुद्धिसिंह ठकुरी, चाँदनी कठायत, पूर्ण खड्का, नारायणविक्रम जिसी, सुजन थापा, सुनिता विसी र सिपी कार्की चयन भएका छन् ।
केन्द्रीय पार्सदहरुमा मोतिलाल पौडेल, ललित भट्टराई, गणेश पन्त, दिपा कोइराला, सुरेश पन्त, राजेन्द्रविक्रम शाही, क्षेत्रमणि गिरी, विमला खड्का, नवल गिरी, सविता कोइराला, सुनिता पन्त, हरि शर्मा र खगेन्द्र आचार्य चयन भएका छन् ।
त्यस्तै प्रदेश पार्सदहरुमा ललित बसेल, कमल पन्त, सन्तोष श्रेष्ठ, आनन्दविश्व पन्त, यमुना सापकोटा, नन्दु गेलाह्, चिन्तामणि कँडेल, सिर्जना बुढाथोकी, महेन्द्र चन्द, लालसिंह मिजार, गणेश कार्की, नवराज रेग्मी, राजकुमार सिंजापति, टंक सारु, चन्द्रकुमार पाण्डेय, सम्झना खत्री, विद्या उपाध्याय र सागर लम्साल चयन भएका छन् ।
निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश र केन्द्रीय पार्सदहरुलाई निर्वाचन मण्डलका संयोजक दुर्गाप्रसाद सापकोटा, सदस्यहरु उत्तम आचार्य, अमर रोकाय, केन्द्रीय प्रतिनिधि खिला कार्की, युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यसअघि सम्पन्न उद्घाटन सत्रमा युनियनका केन्द्रीय महासचिव अजयबाबु सिवाकोटीले विगतमा गरिएका सहमति पालना गरेर नै अगाडि बढ्दा सवैको लागि हितकर हुने बताएका छन् । उनले अटेरी जमातविरुद्ध प्रश्न गर्ने बानी बसालौं भन्दै युनियनको अधिवेशनबाट चुनिने नयाँ नेतृत्वलाई केन्द्रीय समितिले स्वागत गर्ने जनाए । उनले युनियनका केन्द्रीय अध्यक्षले व्यक्तिगत स्वार्थका कारण जिल्ला अधिवेशन नगर्न वक्तव्यबाजी गरेको भन्दै जिल्ला अधिवेशन गर्ने अधिकार जिल्ला समितिकै भएको जनाए । समस्याहरु भएमा अधिवेशनमा सहभागी भएर समाधान गर्नुपर्ने तर समस्याबाट भाग्न नहुने उनको भनाइ छ ।
युनियनका केन्द्रीय सचिव एवं केन्द्रीय प्रतिनिधि खिला कार्कीले प्रेस युनियनलाई बलियो बनाउन सके लोकतन्त्रलाई पनि बलियो पार्न सकिने बताए । जतिसुकै असन्तुष्टि भएपनि अधिवेशनबाटै समाधान गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रम युनियन कालिकोटका पूर्व अध्यक्ष नारायणप्रसाद भट्टराई, तरुण दलका पूर्व केन्द्रीय सदस्य डण्ड ढकाल, कांग्रेस क्षेत्रीय सभापति नारायण कोइराला, युनियनका केन्द्रीय सदस्यहरु राजेन्द्र कार्की, खगेन्द्र भट्टराई, युवराज रेग्मीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रकाशित मिति: १० माघ २०७५, बिहीबार १५:०६