सुर्खेत । सुर्खेतको खजुरास्थित सिद्ध सुस्त श्रवण विद्यालयका सुस्त श्रवण ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । स्व.समिक्षा आचार्यको स्मृति दिवसको अवसरमा स्व.आचार्यका परिवारले न्यानो कपडा वितरण गरेका हुन् ।

स्व.आचार्यका बुवा बिष्णु प्रसाद आचार्य, आमा चन्द्रकला आचार्य, अंकल मदन आचार्य, अन्टी समिक्षा ज्ञवालीलगायतले कपडा वितरण गरेका थिए । आचार्यका बुवा विष्णुप्रसाद आचार्यले आफ्नो छोरी नभएपनि छोरीको सम्झनामा न्यानो कपडा वितरण गरेको जनाए ।
न्यानो कपडा संगै स्व.आचार्यका परिवारले सोही विद्यालयका बालबालिकाको लागि २५ थान तन्नासमेत हस्तान्तरण गरेका थिए ।
सिद्ध सुस्त श्रवण विद्यालयका प्र.अ. हृदेश केसीले स्व. समिक्षाको चिरशान्तीको कामना गर्दै बालबालिकालाई न्यानो कपडासंगै तन्ना वितरण गरेकोमा आचार्य परिवारलाई धन्यबाद दिएका थिए ।
२०७३ साल मंसिर २३ गते उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सव ¥यालीमा समिक्षाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: १ पुष २०७५, आईतवार १७:४५